कैलालीमा युवती सहित भेटिएका डिएसपीको घटना छानविन सुरु 
एसपी सहितको टोली बुढीतोला पुग्यो 
 
dsp chaudhary

कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरीको घटना छानबिनको काम सरु भएको छ । घटनाको छानविन गर्नका लागि गठन गरिएको समितिले काम सुरु गरेको हो । छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिलिप सिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाईएको थियो ।

चौधरीको ईञ्चार्जको जिम्मेवारी पनि खोसिएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएका उनले भने आफू सूचना संकलनका लागि त्यस क्षेत्रमा गएको र नेटवर्क नआउने ठाउँमा भएकाले गलत बुझिएको बताएका छन् । तर घटना के हो भन्ने विषयमा थप अनुसन्धान गर्न प्रहरी अधिकृतले छानविनको काम थालेका हुन् ।

उनको दाबीमा सत्यता छ छैन ? उनी किन त्यस क्षेत्रमा पुगेका थिए ? भन्ने विषयमा ५ दिनभित्र रिपोर्ट बुझाउन समितिलाई म्यान्डेट दिइएकोमा आजदेखि समितिले काम थालेको हो । एसपी नेतृत्वको टोली डिएसपी चौधरी भेटिएको बुढीतोला क्षेत्रमा गएको छ ।

टोलीले बुढीतोलमा घटनाको बारेमा जानकारी संकलन गरेको प्रहरी स्रोतले बताएको छ । समितिले बुझाउने प्रतिवेदनका आधारमा चौधरीमाथि थप कारबाही हुनेछ । उनी मालाखेतीमा गएको दुई महिना मात्र भएको थियो ।