राहतमा किरा परेको चामल प्रकरणः रश्मी ट्रेडिङ कन्सर्नद्धारा गल्ती स्वीकार
 
chamal

धनगढी उपमहानगरपालिकाले राहतका नाममा वितरण गरेको चामलमा किरा भेटिएको विषयमा आपुर्तिकर्तालाई चालम दिने रश्मी टेडिङ कन्सर्नले गल्ती भएको स्वीकार गरेको छ ।  आज विज्ञप्ती जारी गर्दै रश्मी टे«डिङ कन्सर्नका सञ्चालक ओम प्रकाश अग्रवालले एक विज्ञप्ती निकाल्दै गल्ती स्वीकार गरेको हो । 

चामल आपुर्तिकर्ता ठाकुर टे«ड लिंकको नाम जोडेर अनर्गल प्रचार गरिदै आएकोमा सो काममा हाम्रो पनि संग्लनता रहेकोले हाम्रोबाट हुन गएको गल्ती र कमी कमजोरीका कारण चामल आपुर्तिकर्ता ठाकुर टे«ड लिंक र धनगढी उपमहानगरपालिकालाई असर पर्न गएकोले भन्दै विज्ञप्तीमा त्यसबाट ठाकुर टे«ड लिंक, धनगढी उपमहानगरपालिका र आम नगरवासीहरुलाई पर्न गएको असुविधा प्रति क्षमा मागिएको छ । 

press

‘ठाकुर टे«ड लिंकले आपुर्तिको जिम्मा पाएकोमा रश्मी टे«डिंङ कन्सर्नसग आधा चामल आपुर्ति गर्ने मौखिक सहमति भएको भएको थियो । सोही आधारमा हामीले चामल आपुर्ति गरेका हौं । ३ हजार ३ सय ७ क्वीन्टलको ठेक्का परेकोमा हामीले पठाउनुपर्ने हाम्रो भागको एक हजार ६ सय ५०  क्वीटल चामल विभिन्न वडाहरुमा वितरणका लागि पठाईको, त्यस मध्ये  एक सय ८५ क्वीन्टल चामल जुन १५ किलोको कट्टामा थियो त्यो चामल जाला,  किरा परेको र खान अयोग्य रहेको छानविन समिति र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि भनिसकेको अवस्थामा एक हजार ४ सय ६५ क्वीन्टल चामल राम्रो र सम्झौता अनुसार नै आपुर्ति गरेको हाम्रो दावी छ ।’ आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘हामीले आपुर्ति गरेको १५ किलोको कट्टामा प्याक गरिएको एक सय ८५ क्वींन्टल चामल किरा परेको र जाला लागेको (जसलाई पुर्ण रुपमा कुहिएको भनिदैंन) स्वीकार गर्दै त्यसबाट ठाकुर टे«ड लिंक, धनगढी उपमहानगरपालिका र आम नगरवासीहरुलाई पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं ।’

विभिन्न समस्या र कठिनाईका बीच धनगढी उपमहानगरपालिकालाई राहत वितरणका लागि चामल आपुर्ति गरेकोमा त्यसमा अधिकांश चामल राम्रो भएपनि केही खान अयोग्य हुनुमा कर्मचारी र मजदुरहरुहरुको गल्ती र कमि कमजोरीले यो स्थिति सिर्जना भएको रश्मी टे«डिङ कन्सर्नले बताएको छ । सोही विषयमा सम्बन्धित निकायद्धारा छानबिन तथा अनुसन्धानको प्रकृया भईरहेकोले आफ्नो तर्फबाट हुन गएको मानवीय त्रुटीलाई सच्याउदै आगामी दिनमा यस्ता कमि कमजोरी हुन नदिने प्रतिबद्धता सो सप्लायर्सले जनाएको छ । 

‘लकडाउनका वेला कर्मचारीहरुको अभावका साथै सम्पूर्ण चिज ठप्प थियो । कर्मचारी र कामदार थिएनन । बोरा थिएनन पल्लेदार थिएनन । कामदारलाई घरबाट मिलसम्म जान सक्ने अवस्था थिएन । यो अवस्थामा पनि उत्पादन  र आपूर्ति नरोकियोस, हाम्रो जिल्ला र क्षेत्रमा खाद्यान्नको अभाव नहोस भनेर थुप्रै कठिनाईका बाबजुत पनि उत्पादनलाई निरन्तरता दिदैं धनगढी उपमहानगरपालिकालाई राहत वितरणका लागि चामल आपुर्ति गरेकोमा त्यसमा अधिकांश चामल राम्रो भएपनि केही खान अयोग्य हुनुमा कर्मचारी र मजदुरहरुहरुको गल्ती र कमि कमजोरीले यो स्थिति सिर्जना भएको हो । यदपी कुहिएको सडेको चामल भनेर प्रचार प्रसार गरिएकोमा त्यो चामल किरा परेको सडेको नभएर किरा लागेको र जाला परेको मात्रै हो । सोही विषयमा सम्बन्धित निकायद्धारा छानबिन तथा अनुसन्धानको प्रकृया भईरहेकोले हाम्रो तर्फबाट हुन गएको मानवीय त्रुटीलाई सच्याउदै आगामी दिनमा यस्ता कमि कमजोरी हुन नदिने प्रतिबद्धता जनाउछौं ।’– जारी विज्ञप्तीमा लेखिएको छ । 

रश्मी टेडिंग कन्सर्नका सञ्चालक ओमप्रकाश अग्रवालद्धारा हस्ताक्षरण गरिएको विज्ञप्तीमा ‘व्यवसायी पनि यही समाजका अंग हुन् । समाजले उनीहरुबाट हुन जाने अञ्जानबश त्रुटीलाई सुधार गर्ने मौका दिने हाम्रो विश्वास छ । समाजको विश्वासमा हामी रत्तिभर आच आउन दिने छैनौ । यो हाम्रो प्रतिबद्धता हो ।’ भन्ने कुरा उल्लेख गरिएको छ ।