
डोटी जिल्लामा मनाईने जात पर्व कैलालीको धनगढीमा पनि धुमधामसंग मनाईएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको निङ्गलासैनी भगवती मन्दिरमा डोटीको हिलेकाँडामा मनाईने जात पर्व धनगढीमा आयोजना गरिएको हो ।


धनगढीमा सोमबार साँझ रतेडी खेल्दै मंगलबार जाँत गरिएको मन्दिरका पुजारी खगेन्द्र अवस्थीले जानकारी दिए । धनगढी उप महानगरपालिकामा डोटीका विभिन्न स्थानका मानिसको बसोबास रहेको र मौलिक परम्परा तथा संस्कृति बिर्सदै गएकाले जाँत आयोजना गरिदै आईएको छ ।
जाँतमा डोटीमा घर भई यस क्षेत्रमा बसोबास गर्दै आएकाहरू सहभागी थिए । समितिले २०६३÷०६४ सालदेखि नै कैलाली गाउँको निङगलासैनी मन्दिरमा जात गरिदै आएको छ । धेरै बर्षदेखि जाँत भईरहेको भएपनि प्रचार प्रसारको अभाव रहदै आएको छ ।
तस्वीरः शिवराज अवस्थी