
कैलालीको धनगढीका थप २५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार २५५ जनाको परीक्षण गर्दा धनगढीका थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४/४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ ।
