
कञ्चनपुरको बेदकोट नगरपालिकाका एक स्थानीयको गोठमा आगलागि भएको छ । नगरपालिकाको वडा नम्बर १ रजहाका स्थानीय पदम राज भट्टको तीन कोठाको कच्ची गोठमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

आइतबार राति साढे ११ बजेतिरको समयमा अचानक आगलागि भई गोठभित्र रहेको अन्न, भुसा, पराल, काठ जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उनले बताए । स्थानीय तथा प्रहरीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा लिईएको साथै पशुचौपाया र मानवीय क्षति भने नभएको प्रवक्ता थापाले जनाए ।
