
कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मालपोत कार्यालय टीकापुरको सेवा बन्द गरेको छ ।

आइतबार कार्यालयले सूचना जारी गर्दै सेवाग्राही तथा सर्वसाधारणमा कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।
आन्तरिक/प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाइएको छ ।
