
चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेले कैलालीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा झन्डै १ करोडको कारोबार भएको छ । उपभोक्ताको सहजता र बजारमा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले असोज १५ गते बाट खोलिएका पसलमा झन्डै २३ हजार उपभोक्ताले सेवा लिएको र एक करोड बराबरको कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेका नायव महाप्रबन्धक केशव प्रसाद पाण्डेले जानकारी दिए ।

यस वर्ष धनगढी र अत्तरियामा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । ती पसलबाट नुन,चिनी,सन्तुर साबुन लगायतका दैनिक उपभोग्य बस्तु बिक्री वितरण गरिएको थियो । शनिवारबाट सुपथ मूल्य पसल बन्द भएको पनि उनले बताए । पाण्डेले सुपथ मूल्य पसल रहेको स्थानमा स्थायी बिक्री डिपो सञ्चालन गरिने जानकारी दिए ।
