कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको जलाएर अन्त्येष्टि
 
death

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धि कार्यबिधि संशोधन भए संगै नेपाली सेनाले मृतकका परिवारका उपस्थितिमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्न थालेको छ ।

बिगतमा नेपाली सेनाले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शव गाड्ने गरेको थियो । शुरुवाती दिनमा परिवारको सदस्य दाहसंस्कारमा सहभागी समेत हुन पाउदैनथे ।

3

तर कार्यबिधि संशोधन भएसंगै मृतकका परिवारजनकै उपस्थितिमा शव जलाएर दाहसंस्कार गर्न दिईन थालिएको छ ।  सेती प्रादेशिक अस्पतालमा हिजो राति मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका– ४ स्मृति टोलका ७३ वर्षीय शेरबहादुर महराको आज दिउसो गोदावरी नगरपालिका– २ स्थित गोदावरी आर्यघाटमा धार्मिक संस्कार अनुसार जलाएर अन्त्येष्टि गरिएको छ ।

मृतकका परिवारजनले नै शवमा मुखाग्नी दिएका थिए । नेपाली सेनाको भवानी दल गण तघेरीका सह सेनानी नवल सिंह रोकायाको नेतृत्वको टोलीले महराको अन्त्येष्टि गरेको हो ।  कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको जलाएर अन्त्येष्टि गरिएको यो दोस्रो घट्ना हो ।