
जल्नु अघि चिताबाट लास बोल्दै थियो
आत्म बोल्दै थियो या बतास बोल्दै थियो ।

आमाकै पेटमा सिकेको हैन कलम चलाउन
तपाईंले सुन्नु भएन र ? अभ्यास बोल्दै थियो ।।
कलेटी परेका मेरा ओठ मौन बसेको देखेर
लाटो ठानेको मान्छे केही खास बोल्दै थियो ।।

सुनसान रातमा कसैको मीठो आवाज सुने
यस्तो लाग्यो धर्तीसँग आकाश बोल्दै थियो ।।
धेरै सोचेर बोले झै लाग्छ होला तपाईलाई
हैन ! त्योत मेरो मनको आभाष बोल्दै थियो ।।