
सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय ११ पुगेको छ । मंगलबार ५६ जना थपिएसँगै संक्रमितको संख्या १६ सय ११ पुगेको हो । संक्रमितमा सबैभन्दा बढी कैलालीका ६७८ जना छन् भने सबैभन्द कम बाजुरामा १८ जना छन् ।
यस्तै अछाममा ९३ जना, बैतडीमा ५० जना, बझाङमा २११ जना, डडेल्धुरामा ८५ जना, दार्चुलामा २१० जना, डोटीमा १२३ जना,कञ्चनपुरमा १२३ र अन्य जिल्लामा २० जना सक्रिय संक्रमित छन् । हालसम्म ८ हजार ५७१ जना डिस्चार्ज भइसकेका छन् ।
