 
बाजुरामा मदिरा सेवन गरी होहल्ला गर्ने वडाध्यक्ष सहित दुई जना पक्राउ परेका छन । खप्तड छेडेदह गाउँपालिकाका– ३ का वडाध्यक्ष दिपक रावत सहित दुई जना पक्राउ परेका हुन् । उनीहरुलाई मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।
 
 
 सदरमुकाम मार्तडीमा दिउँसै मदिरा सेवर गरेर बजारमा होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पक्राउ परेका दुवै माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
