
कञ्चनपुरको डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको छ । पुनर्वास नगरपालिका–११ मा रहेको डोकेबजारमा आइतबार सेन्टरको उद्घाटन गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले उक्त सेन्टरको उद्घाटन गरेका छन् ।

भारतमा आवतजावत गर्ने नागरिकहरुलाई स्वास्थ्य सुरक्षा प्रदान एवम् उद्दार गर्ने उद्देश्यले सो सेन्टरको स्थापना गरिएको छ । होल्डिङ सेन्टरलाई निड्स नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
