
कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ । ६३ वर्षीय शाहको आज विहान ६ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराईरहेका थिए । उनी नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि रहेको नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर शाहको मृत्युबारे अस्पतालले भने औपचारिक रुपमा पुष्टि गरेको छैन् ।
