 
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 
 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको हो ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
