
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार सात सय ७३ पुगेको छ । उनीहरुमध्ये सबैभन्दा वढी घरमा रहेका छन् । होम आईसोलेसनमा एक हजार दुई सय ७५ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी तीन सय ७५ जना अस्पतालको आईसोलेसनमा रहेका छन् । अवस्था गम्भीर भएका ५ जनाको भने आईसियुमा उपचार भईरहेको सामाजिक विकास मन्त्रालयको स्वाूथ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

पछिल्लो दुई दिन यता नयाँ कोरोना संक्रमित थपिएका छैनन् । हालसम्म कोरोना जितेर घर जानेको संख्या सात हजार पाँच सय ५२ पुगेको छ । सुदुरपश्चिम प्रदेशमा कोरोनाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।