अष्ट्रेलियामा जमिरहेका सुदूरपश्चिमका शाहको मोडलिङ  क्षेत्रमा पुनरागमन
 
shah

नेपाली सिनेमा अभिनय गर्दा गर्दै अष्ट्रेलियामा व्यवसायमा होमिएका सुदूरपश्चिमका युवा स्वतन्त्र प्रताप शाह अभिनित म्युजिक भिडियो जनम जनम दशैंको अवसर पारेर सार्वजनिक गरिएको छ । छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका बिभिन्न रमणिय स्थानहरूमा छायांकन गरिएको यो भिडियोमा चर्चित गायक कमल खत्रीको आवाज रहेको छ ।

राजु कानले निर्देशन गरेको भिडियोमा स्वतन्त्र प्रताप शाहले पुनः एक पटक आफूलाई अभिनय मार्फत सशक्त ढंगले चिनाएका छने । भिडियोमा उनलाई मोडल कृतिमा श्रेष्ठले साथ दिएकी छन् ।  अष्ट्रेलियामा पछिल्ला केही वर्षयता समाजसेवा, शैक्षिक क्षेत्रमा छुट्टै पहिचान भएका शाहले अभिनय मार्फत पनि छुट्टै छाप छोडेका छन् ।

नेपाल चलचित्र फेसबुक र मेरो भ्यालेन्टाइनमा नायकको भूमिका निर्वाह गरिसकेका शाह पछिल्ला वर्षहरुमा एनआरएन अभियन्ताका रुपमा सक्रिय थिए । उनी अष्ट्रेलियामा शैक्षिक तथा विभिन्न व्यवसायमा पनि संलग्न छन् । गैरआवासीय नेपाली संघ अष्टे«लयाका उपाध्यक्ष रहीसकेका शाह एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख हुन् ।

उनले सामाजिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रसंगै कलाकारितामा पनि निरन्तरता दिने सोच बनाएका छन् । उनले भने,–‘राम्रो फिल्म र म्युजिक भिडियोका प्रस्ताव आएमा कलाकारिता क्षेत्रलाई पनि संगसंगै लैजाने सोच बनाएको छु ।’