
धनगढीका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए । उनीहरुको वडा भने खुलेको छैन् । योसँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ४० पुगेको छ ।
