
कञ्चनपुरमा प्रहरीको सरप्राईज चेकिङमा ७ सय बढि सवारीसाधनमाथि कारवाही गरिएको छ । जिल्लामा गत असोज २५ गतेदेखि चाड पर्व विशेष सुरक्षा योजना लागु भएदेखि हाल सम्म ७ सय ४ सवारीसाधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २ सय ८८ वटा सवारी साधनका कागजपत्र होल्ड र २६ वटा सवारीसाधन पनि होल्ड समेत गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट ३ लाख ५९ हजार ५ सय राजश्व संकलन गरिएको छ ।
