
सुदूरपश्चिममा थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय ११ जनाको रिर्पोट पोजेटिभ आएको हो । उनीहरुमा ३९ महिला र ७२ जना पुरुष रहेको सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

५ सय ८० जनाको पछिल्लो २४ घण्टामा परिक्षण गरिएकोमा त्यसमा सबैभन्दा वढी कैलालीका रहेका छन् । कैलालीका ९२ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी कञ्चनपुरका १६ जनामा कोरोना संक्रमण हुँदा डोटीका दुई जना र बैतडीका एक जनाका एक जना रहेका छन् ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या नौ हजार चार सय २९ पुगेको छ । हालसम्म कोरोनाका कारण प्रदेशमा ३० जनाको मृत्यु भएको छ ।
