
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी घाइते भएका थिए । उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको गएराती मृत्यु भएको हो ।
यस्तै मोटरसाइकलको पछाडी सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।

उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।