
काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु भएको छ । ती युवाले आज बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।
सोलुखुम्बु घर भएका रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।
आइतबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो । आमा औषधि लिन गएको बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।
