
जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐरसहित उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। ऐरसँगै उनका श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको हो।

संयोजक ऐरले फेसबुक मार्फत आफु लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन्।
