
कैलाली अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल सञ्चालक जनकराज जोशीले बताए।

उनका अनुसार २ जना नर्स र २ जना सफाई कर्मचारीलाई कोरोना देखिएको हो। अस्पतालका कर्मचारीलाई कोरोना देखिएपछि जनरल वार्ड र एक्सरे सेवा बन्द गरिएको छ।
