
जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउनका लागि अनावश्यक रुपमा यात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै अहिले भएकै स्थानमा चाडपर्व माउन र यात्रा नगर्न आग्रह गरेको हो।

यस्तै विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा पूजा गर्न रोक लगाईएको छ। यस्तै प्रशासनले सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ।
राजनीतिक दल, संघसंस्था, क्लब, समूहलाई भेला भएर शुभकामना आदानप्रदानमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
