
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयका दुई जना, अमरगढी नगरपालिकाका तीन जना र दार्चुलाको महाकाली नगरपालिकाका तीन जना रहेको भुसालले बताए।
