 
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको हो ।
 
 
 यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ।  
यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो । 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
