
धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज थप २१ जनामा संत्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एक एक जना र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ ।
