
लायन्स क्लब ३२५ बी टु एरिया नम्बर ७ ले डाक्टर जगदीश जोशीलाई सम्मान गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको चिकित्सा विभागका प्रमुख जोशीलाई धनगढीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो ।

लायन्स क्लब अफ धनगढी खप्तडका वरिष्ठ उपाध्यक्ष रहेका उनलाई क्लवका डिस्ट्रिक गभर्नरको स्वागत तथा भेटघाट कार्यक्रममा सम्मान गरिएको लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरि धामीले जानकारी दिए ।

स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याए बाफत राष्ट्रपतिबाट प्रदान हुने प्रबल जनसेवा श्रीबाट बिभुषित भएकोमा डिष्ट्रिक गभर्नर एमजेएफ लायन शम्भु नकर्मीले सम्मान गरेका हुन् ।