
बैतडीका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो।

जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहिबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका-५ का ३३ वर्षीय पुरुष रहेका छन्।
यो सँगै बैतडीमा संक्रमितको संख्या ४१० पुगेको छ।
