
मंगलबार बैतडीका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका २ र दशरथचन्द नगरपालिकाका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी र मेलौली नगरपालिका–८ घर भएका एक ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय एक पुरुष रहेका छन्।
योसँगै बैतडीमा संक्रमितको संख्या ४०९ पुगेको छ।
