खेलकुद गतिविधि रोकेका वेला फुटबल प्रतियोगिता आयोजना, वडा कार्यालयको सहयोग, प्रशासन बेखबर 
 
corona

विश्व महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड(१९) को त्रास कायमै रहेको समयमै कैलालीको ग्रामिण क्षेत्रमा क्लब स्तरीय फुटबल प्रतियोगिताहरु भएका छन् ।

2

कोरोना त्रासको बिच कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुरमा असोज २ गतेदेखि धेरै दर्शकको सहभागीतामा खुल्ला फुटबल प्रतियोगिता हुँदा कैलाली प्रशासन भने बेखबर भएको छ ।

4

2

ग्रामीण क्षेत्रका ३२ बटा क्लबको सहभागितामा प्रतियोगिता हुदै गर्दा भिडभाड गर्न र फुटबल प्रतियोगिता गर्नु हुदैन भनेर रोक्नुपर्नेमा वडा कार्यालयले पनि प्रतियोगिता गर्न सहयोग गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

2

शनिबार सम्पन्न भएको प्रतियोगितामा वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम हुदै गर्दा सम्म पनि प्रशासन बेखबर देखिएको छ ।  जसले गर्दा कोरोनाको महामारी फैलिन सक्ने देखिएको छ ।

2