
पाँच बर्षीय क्यान्सर पिडित बालकको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ । काठमाडौको कान्ति बाल अस्पतालमा उपचार गराईरहेका सुजल बमको उपचारार्थ आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो ।

डोटीको बोक्टानका क्यान्सर पिडित बालकको लागि धनगढीका युवाहरुले २९ हजार नगद रकम संकलन गरेका छन् । युवाहरुले बजार क्षेत्रमा बालकको सहयोगका लागि २९ हजार रकम संकलन भएको आर्थिक अभियानकी संयोजक लक्ष्मी बिष्टले जानकारी दिईन् ।
क्यान्सर पिडित बालकको लागि सहयोग संकलन गर्ने हरुमा शैलेस सेवक, दुर्गा शेवा , लक्ष्मी बिष्ट , एलिशा देवल, तमन्ना शेवा, प्रशान्त खाती,निहारिका कौसल, ऋषि सेन रहेका छन । सहयोग संकलन भने जारी रहेको छ ।
