
दुई दिन देशभरिका नदीमा बाढी आउने सम्भावना रहेको छ। बाढी पुर्वानुमान महाशाखाले नदी तटिय आसपासका स्थानियलाई सतर्क रहन आग्रह गरेको छ। काठमाडौं उपत्यकासहित देशैभरी अहिले वर्षा भइरहेको र कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले साना तथा नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका धेरैजसो नदी, खोला र खहरेहरुमा आकस्मिक बाढीकोसमेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

