
डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।
