
त्रिनगर नाका भएर एकैदिन ८ सय बढि भारत पसेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार सोमवार उक्त नाका भएर ८ सय ४७ जना भारत पसेका हुन्।

उनीहरु मध्ये अधिकासं मजदुरीको खोजीमा रहेका नेपाली छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले सोही नाका भएर चार सय ५८ जना स्वदेश फर्किएको जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको गड्डाचौकी नाका भएर सोमवार ६६ जना भित्रिएका छन् भने ५३ जना भारत पसेका छन्।
