दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारी खतरा बाहिर, नेपालगंज मेडिकल कलेजमा उपचार हुदैं 
 
accidnet

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरा बाहिर रहेको चिकित्सकले बताएका छन् । धनगढीबाट थप उपचारका लागि नेपालगंज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भएको र अवस्था खतरा बाहिर रहेको उपचारमा संग्लन चिकित्सको भनाई छ ।

उनको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ । त्यो बाहेक शरिरमा भित्रि चोट नरहेको चेकजाँचमा देखिएको छ । धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएपछि टाउकोको चोटको सिटी स्क्यान यहाँ सम्भव नभएपछि  नेपालगञ्ज रेफर गरिएको थियो । त्यहाँ आज विहान सिटी स्क्यान गर्दा भित्रि चोट नरहेको रिर्पोट आएको ललितसँगै नेपालगंज मेडिकल कलेजमा रहेका उनका साथी सन्दिप कुँवरले खबरकुञ्जलाई जानकारी दिए । 

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका थिए । कोरोना महामारीका कारण भण्डारी अहिले घरमै थिए । दुर्घटनामा शुक्लाफाँटा नगरपालिका १० का भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका थिए ।

2

भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् । ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् । 

2

भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् । नेपालले नेदरल्याण्डसंग अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल गर्ने क्रममा २ विकेट लिएका थिए ।

4

नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु–१९ युथ एसिया कपमा नेपाली अन्डर–१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए । डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।