उद्योग वाणिज्य संघका अध्यक्ष कँुवरले गरे गौरीफन्टामा अलपत्र नागरिकलाई खाद्यान्न वितरण
 
kcci

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी पुष्पराज कुँवरले सिमा क्षेत्र गौरीफन्टामा अलपत्र नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन । भारतका विभिन्न शहरहरुबाट आएर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र नागरिकहरुलाई संघका अध्यक्ष तथा व्यवसायी कुवरले खाद्यान्न हस्तान्तरण गरेका हुन ।

नेपाल–भारत सिमानाका गौरीफन्टामा हजारौ मानिसहरु अलपत्र परेका थिए । उनीहरुलाई केही राहत पुगोस् भनेर कुवरले २० पेटी चाउचाउ, २० पेटी पानी र १५ पेटी जुस लगायतका खाद्यान्न समाग्री सहयोग गरेका हुन । कुँवरले नेपाल–भारत सिमानाका गौरीफन्टामा हजारौ मानिसहरु अलपत्र परेपछि आफुले सहयोग गरेको बताए ।

उनले धनगढी स्थित गौरीफन्टा नाकामा पुगेर खाद्यान्न वितरण गरेको जानकारी दिए । कुँवर लकडाउनको समयमा विभिन्न ठाउँमा अलपत्र नागरिकहरुलाई सहयोग गर्दै आएका छन् । उनले केही दिन अघि धनगढीमा अलपत्र परेका भारतीय नागरिकलाई पनि खान र बस्नको व्यवस्था गरेका थिए ।