
सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आफ्ना व्यवसायी र मजदुरहरुको कोरोना बिमा गर्ने भएको छ ।

प्रालीका अध्यक्ष पदम सापकोटाले प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी करिब एक हजार ५ सय जनाको कोरोना बिमा गर्ने निर्णय भएको बताए ।
प्रालिसंग आबद्ध भएका सम्पूर्ण व्यवसायी र मजदुरहरुलाई भदौ मसान्तसम्ममा प्रालिको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको अध्यक्ष सापकोटाले बताए ।
