
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार बैतडी १, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
बैतडीको पाटन नगरपालिकाका १, बझाङको मष्ठा गाउपालिकाका १ र दार्चुलाको मार्मा गाउपालिकाका १ जनामा सक्रमण देखिएको इन्चार्ज भुसालले बताए ।
