
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबार दुई सय १० जनाको कोरोना परीक्षण गरिएको छ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार दुई सय १० जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ।
उनका अनुसार अछामको चौरपाटी गाउँपालिका ४ की एक महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का एक/एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
