
कैलालीमा लागु भएको निषेधाज्ञा भदौ आजदेखि ५ दिन थपिएको छ । भदौ ४ गतेदेखि लागु भएर आजसम्म गरिएको निषेधाज्ञालाई लम्बाएर १९ गतेसम्म जारी राखिएको हो ।

शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका थिए । यसअघि कैलालीमा १४ गतेसम्म निषेधाज्ञा लगाइएको थियो । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि भदौँ ४ गते मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा लागु भएको थियो ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

हेर्नुहोस निषेधाज्ञामा के गर्न पाईन्छ, के गर्न पाईदैंन ?