सुदूरपश्चिममा सबैभन्दा बढी कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिकामा, संक्रमितको संख्या ४५८ पुग्यो, तीन जनाको मृत्यु
 
corona

अत्तरिया सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहमध्ये अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित गोदावरी नगरपालिकामै फेला परेका छन् । प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलाली जिल्ला र त्यसमा पनि गोदावरी नगरपालिकामा अहिले सबैभन्दा बढी ४ सय ५८ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यस्तै मृतकको संख्या गोदावरी नगरपालिकामै बढी नै रहेको छ । गोदावरी नगरपालिकामा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । सुदूरपश्चिमका केही पहाडी जिल्लाभरीमा भन्दा गोदावरी नगरपालिकाको एकै स्थानिय तहमा बढी संक्रमितहरु फेला परेका छन् । गोदावरी नगरपालिकामा यस अघि भारत तथा तेस्रो मुलुकवाट आएकाहरुमा मात्रै कोरोना देखिन थालेपनि अहिले भने कुनै ट्राभल हिस्ट्रि नभएका कर्मचारीमा समेत संक्रमण देखिन थालेको छ ।

यसको हिसाबले गोदावरी नगरपालिकामा पनि समुदाय स्तरमा कोरोना पसेको देखिएको छ । बुधवार मात्रै अत्तरियाको ग्लोबल आइएमई बैंकमा कार्यरत ३ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परिक्षणमा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये ३ जना अत्तरियामा कार्यरत बैंकका कर्मचारीहरु रहेको गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

३६ बर्षिय महिला, २६ र ३३ बर्षिय पुरुष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनीहरुमध्ये एक जना वडा नम्बर १ का एक जना धनगढीका र एक जना कञ्चनपुर घर भएकाहरु रहेको प्रवक्ता भट्टले बताए । अहिले तिनै जना होम आइसोलेसनमा रहेका छन् । बैंकका कर्मचारीसंगै हिजै एकै परिवारका ५ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ७ पुरुष र ५ महिला गरि १२ जनामा कोरोना पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ । ५२, १४, १५, १८, १७, २६ र ३३ बर्षिय पुरुष र ४०, ११, ८, १२ र ३६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको प्रवक्ता भट्टले जानकारी दिए । उनीहरु मध्ये ९ जना गोदावरी १ का रहेका र उनीहरु सबै भारतवाट आएका हुन । अहिले सबै होम आइसोलेसनमा रहेको प्रबक्ता भट्टले बताए । यो संगै गोदावरी नगरपालिकामा कुल कोरोना संक्रमितको संख्या ४ सय ५८ पुगेको छ ।

जसमध्ये अहिलेसम्म ४ सय १० जना निको भएर डिस्चार्ज भैसकेका छन् भने बाँकी बिभिन्न अस्पताल तथा आईसोलेसनमा रहेका छन् । अहिले एक जना संक्रमितको मालाखेती अस्पतालमा उपचार भैरहेको छ भने ओलानी क्षेत्रका संक्रमितहरु बिधालयको क्वारेन्टाइनमा र बाँकी होम आईसोलेसनमा रहेका गोदावरी नगरपालिकाले जनाएको छ ।  जति जति संक्रमितहरु बढ्दै गयो त्यति नै अहिले स्थानीयहरुमा डर र त्रास हराउदै गएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालले यही भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको भएपनि साझाँ बिहान अत्तरिया बजारमा मानिसहरुको भिड हुनुका साथै गाउँघर तिर पनि अहिले सबैले बेवास्ता गरिरहेको देखिन्छ । अधिकांशले अहिले मास्क पनि लगाउन छोडिसकेका छन् । मानिसहरुले अहिले कोरोनाको बेवास्ता गर्न थालेका अझै भयावह स्थित आउन सक्ने देखिएको छ ।

यस तर्फ नगरपालिका पनि गम्भिर भएर लाग्न सकेको छैन । यसरी दिनप्रतिदिन कोरोना संक्रमितहरु थपिदै गएको भएपनि नगरपालिकावाट यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी भएको देखिदैन । अहिले स्कूलहरुमा बनाइएको क्वारेन्टिन पनि हटाइएको र भारतवाट आउने नागरिकहरु सिधै घर जान थालेका छन् । सुरुमा मालाखेती अस्पतालमा बनाइएको २० बेडको आइसोलेसन बाहेक अहिले थप आईसोलेस बनाउने तर्फ नगरपालिकाको ध्यान जान सकेको छैन । गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टल्े बिचमा केही दिन कम भएपछि कुनै तयारी नभएको र अब फेरि संक्रमितहरु दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि छलफल गरेर अघि बढ्ने बताए ।