
सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । गणबाट सेनानी डम्बर बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले निजको शवलाई गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी सामुदायिक बनमा व्यवस्थापन गरेको हो ।

मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४२ बर्षीय पुरुषको वुधवार मृत्यु भएपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको हो । सरकारले जारी गरेको मापदण्ड अनुसार मृतकको शव व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि मंगलवार राति उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो भने सेतीमै उपचारका क्रममा मृत्यु भएको थियो ।