
जिल्ला अस्पताल डोटीमा बुधबार गरिएको स्वाव परीक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार बुधबार ९१ वटा नमुनाहरुको परीक्षण गरिएकोमा २ जनाको नतिजा कोरोना पोजेटिभ आएको र बाँकी ८९ जनाको नतिजा नेगेटिभ आएको हो । संक्रमितहरुमा २ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा अछामको मेल्लेख गाउँपालिका ६ का १ पुरुष र मेल्लेख गाउँपालिकाकै वडा न. १ का १ पुरुष गरी अछामका २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाईएको छ ।
