
धनगढीमा रहेका सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका उनको स्थायी घर कञ्चनपुर हो । केहि दीन पहिले पनि धनगढी रहेको ग्लोवल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना देखिएको थियो ।
