
पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिका ३ जना, डोटीको सायल गाउँपालिकाका २ जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८६ पुगेको छ।
