खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिनसम्म अलपत्र
 
death

बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिन बित्दासम्म उठाइएको छैन। दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लाबडको सोमबार खाल्डोमा डुबेर मृत्यु भएको थियो । 

मृतकका आफन्तले २० लाख क्षतिपूर्ति माग राखेर शव नउठाउने अडान लिएको वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए।    मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने उनले बताए। 

वर्षातको पानी जम्मा भएको खाल्डोमा खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको थियो। सडक निर्माणका क्रममा खनेको खाल्डोमा पानी जमेको बताइएको छ।