
डेढ महिनादेखि बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक पहिरोका कारण अवरुद्ध छ । जसका कारण स्थानीयको अन्य जिल्ला सँगको सम्पर्क टुटेको छ ।

असार २३ गतेको पहिरोले भासिएर अवरुद्ध साँफे– मार्तडी सडक मर्मत कार्य सुरु भएको छ । मार्तडी जोड्ने एक मात्र सडकमा पर्ने एउटा पक्की र अर्काे बेलिब्रिज नै बगेका छन् ।

बाजुरा सदरमुकामसँग सडक सम्पर्क टुटेपछि अहिले दैनिक उपभोग्य सामग्री, औषधी, निर्माण सामग्री आदि खच्चरबाट ढुवानी भइरहेको छ । जसले गर्दा महँगी बढेको छ । रेफर गर्नुपर्ने विरामीहरुलाई बोकेर लाग्नुपर्ने अवस्था छ ।