
भारतको सुरतबाट घर फर्किरहेकी एक बृद्धाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ की एक सय बर्षीया बृद्धा जलु मिजारको दशगजामा मृत्यु भएको हो।

सुरतबाट छोरी र ज्वाईसंगै फर्किरहेकी उनको दशगजामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
प्रहरी नायव उपरिक्षक विष्टले मृतकको कोरोना परीक्षण हुने बताए।
