नेपालमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै, एकैदिन थपिए ५३ जना, संक्रमितको संख्या ३५७ पुग्यो
    
   
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै गएको छ । सुरुवातका दिनमा कम देखिने संक्रमितहरु दैनिक रुपमा वढी संख्यामा देखिन थालेका हुन् ।
 
 स्वास्थ्य मन्त्रालयले आज सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जनाएकोे छ । योसँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ ।
बाँकेमा एकै दिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो अपडेट अनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन । उनीहरु सबै पुरुष हुन ।
 
 
 नेपालका कोरोना संक्रमितहरु मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
